काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना निरन्तर जारी रहेको छ।

हालसम्मको मतपरिणामअनुसार सचिव पदमा उम्मेदवार महेश बस्नेतले उल्लेखनीय मतान्तरसहित अग्रता बनाएका छन्।

advertisement

उनले ७८३ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धी उम्मेदवारहरूभन्दा स्पष्ट रूपमा अघि रहेका छन्।

ताजा अपडेट:

एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेलकाे कति ?

निर्वाचन प्रक्रियामा सहभागी २ हजार २६३ प्रतिनिधिमध्ये ३६ जनाबाहेक सबैले मतदान गरेका थिए। निर्वाचन आयोगका अनुसार बाँकी मतगणनाको कामसमेत जारी रहेको छ र अन्तिम परिणाम क्रमशः सार्वजनिक गरिनेछ।

यस्तो छ सचिव पदका उम्मेदवारले हालसम्म प्राप्त गरेको मतपरिणाम

अग्नि प्रसाद खरेल : ३७७
इन्द्रलाल साप्कोटा : ३०९
कर्णबहादुर थापा : ४४४
कृष्ण गोपाल श्रेष्ठ : ३२५
खगराज अधिकारी : ६८०
गोकुल प्रसाद बास्कोटा : ५२८
छविलाल विश्वकर्मा : ४६९
ठाकुर प्रसाद गैरे : ४६२
पद्मा कुमारी अर्याल : ४७८
पुर्सोतम पौडेल : २३०
पेम्वा लामा : २५५
भानुभक्त ढकाल : ५५२
महेश बस्नेत : ७८३
यमलाल कडेल : ६२६
रचना खड्का : ४५९
राजन भट्टराइ : ५८१
लाल बाबु पण्डित : ३९९
विनोद प्रसाद ढकाल : ३५५
शेरधन राई : ४६७
हिक्मत कुमार कार्की : ६७२

प्रकाशित मिति: ३ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com