सुर्खेत । सुर्खेतमा महिलामाथि कुटपिट आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका–१२ मा एक महिलामाथि कुटपिट तथा अमानवीय यातनाको घटना सार्वजनिक भएको हो ।
पीडितको जाहेरीका आधारमा घटनामा संलग्न चारजनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
पक्राउ पर्नेहरू जुम्लाको तिला गाउँपालिका–२ घर भई वीरेन्द्रनगर–१२ मा बस्दै आएका हुन् ।
सुर्खेत प्रहरीका सूचना अधिकारी दीपक मगराठीका अनुसार, पीडित महिलाले लामो समयदेखि आफूमाथि निरन्तर हिंसा, दुर्व्यवहार भएको भन्दै उजुरी दर्ता गराएकी थिइन् । थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया