काठमाडौं । डोटीमा करेन्ट लागेर एक वडा सदस्यको मृत्यु भएको छ।
मंगलबार जोरायल गाउँपालिका–६ गापरका २८ वर्षीय वडा सदस्य खेम साउदको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै कोठामा रहेका बेला विद्युत् तार सर्ट भई छातीमा करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते साउदलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। उपचारका क्रममा साँझ ५ बजेर २७ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ९ पुस २०८२, बुधबार













प्रतिक्रिया