महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य सङ्घको अध्यक्षमा दिनेश मल्ल निर्विरोध निर्वाचित भएका छन्। १८औँ अधिवेशनअन्तर्गत वरिष्ठ उपाध्यक्ष रहेका मल्लको अध्यक्षमा एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।
वरिष्ठ उपाध्यक्षमा दीपेन्द्रप्रकाश साउद, वाणिज्य उपाध्यक्षमा गणेश चटौत, उद्योग उपाध्यक्षमा तेजबहादुर चन्द, महासचिवमा राहुल भट्ट र सचिवमा नरेन्द्रप्रसाद जोशी पनि निर्विरोध निर्वाचित भएका छन्।
अन्य पदमा भने निर्वाचन हुने भएको छ। निर्वाचन समितिका अनुसार कोषाध्यक्ष र सदस्य पदका लागि एकभन्दा बढी उम्मेदवारी परेपछि आगामी पुस १९ गते मतदान हुने जनाइएको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया