काठमाडौँ । नेकपा एमालेले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, ११औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बैठक हुने छ।
एक नेताका अनुसार, आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गतेसम्म समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले, उक्त सूचीबारे छलफल गर्न एमालेले बैठक बोलाएको हो।
त्यसैगरी, आकांक्षी उम्मेदवारहरूको नाम संकलन गरी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार गरिसकेको जानकारी पनि प्राप्त भएको छ।
बैठकमा नेताहरूको कार्य विभाजनसहित अन्य आन्तरिक विषयमा समेत छलफल र निर्णय हुन सक्ने बताइएको छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया