काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार पुनः बस्ने भएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनाअनुसार बैठक पुस १४ गते बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजना हुने भएको छ।

यसअघि आइतबार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समितिको बैठक बसेको थियो। तर बैठकका अन्य एजेन्डा रोक्दै समानुपातिक सांसदको सूची टुङ्ग्याउन प्रदेशगत छलफल गरिएको थियो।

advertisement

आइतबार सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसमितिको बैठकमा सातै प्रदेशका केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको र सूची तयार गरी निर्वाचन आयोगमा बुझाइने बताए। समानुपातिक सूचीबाट १ सय १० सांसद चयन हुने भएकाले यसलाई तयार गर्नु महत्त्वपूर्ण काम भएको उनले बताए।

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन हो। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार दलले आजसम्म नै समानुपातिक बन्दसूची आयोगमा बुझाउनुपर्ने जानकारी प्रवक्ता नारायणप्रसाद भट्टराईले दिएका छन्।

प्रकाशित मिति: १४ पुस २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com