काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच पार्टी एकताका लागि सहमति जुटेको छ। दुवै दलबीच एकतासम्बन्धी सहमतिपत्रको मस्यौदा तयार गर्ने काम भइरहेको स्रोतले जनाएको छ।
एकतासम्बन्धी छलफल कमलपोखरीस्थित रास्वपा नेता असिम साहको कार्यालयमा भएको थियो। छलफलमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ सहभागी थिए।
वार्तामा समसामयिक राजनीति, वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता, सुशासन, पारदर्शिता र नागरिक केन्द्रित राजनीतिको विषयमा छलफल भएको स्रोतले जनाएको छ । सहमतिपत्रको मस्यौदा अन्तिम रूप दिएपछि औपचारिक घोषणा गर्ने तयारी दुवै पक्षले गरिरहेका छन्।
एकतापछि बन्ने संरचना, संगठनात्मक स्वरूप र भावी राजनीतिक कार्यदिशाबारे थप छलफल जारी रहेको बताइएको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार











प्रतिक्रिया