काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु समुदायको महान् पर्व ‘तमु ल्होसार’ तथा दुरा समुदायको ‘म्हैप्रु नकुमा’को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

मंगलबार जारी शुभकामना सन्देशमा उनले यस्ता पर्वहरूले नेपालको बहुसांस्कृतिक पहिचानलाई विश्वसामु जीवन्त रूपमा प्रस्तुत गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन्। मौलिक संस्कार र संस्कृतिहरू नेपाली पहिचानका मजबुत आधार भएको उल्लेख गर्दै विविधताले नै समाजलाई एकताबद्ध बनाएको प्रचण्डको भनाइ छ।

advertisement

आपसी सद्भाव र सहअस्तित्वलाई नेपाली सांस्कृतिक जीवनको सुन्दर विशेषता बताउँदै उनले परिवर्तनका प्रत्येक आन्दोलनमा बहुल समुदायको योगदान उल्लेखनीय रहेको स्मरण गराएका छन्। साथै, बहुजाति, बहुभाषा र बहुसंस्कृतिको संगमस्थल नेपालमा सबै समुदायबीच सहअस्तित्व, समानता र समावेशिता अपरिहार्य रहेकोमा उनले जोड दिएका छन्।

राज्य नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले गणतन्त्रको संरक्षणभित्र यस्ता संस्कृतिहरूको संरक्षण र प्रवर्द्धन गर्नु आजको प्रमुख आवश्यकता भएको बताए।

अन्त्यमा, उनले तमु ल्होसार र म्हैप्रु नकुमा पर्व हर्षोल्लासका साथ मनाउन आग्रह गर्दै यी पर्वहरूले नेपालीहरूबीचको पारस्परिक सद्भाव, सहिष्णुता र एकतालाई अझ बलियो बनाओस् भन्ने कामना गरेका छन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com