काठमाडौँ । गायक, सङ्गीतकार तथा अभिनेता प्रकाश सपुत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश भएका छन्। रास्वपाले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा सपुतको नाम दलित पुरुष क्लस्टरको दोस्रो स्थानमा राखिएको छ।
लोकप्रिय गीत र संगीतमार्फत आम दर्शक–श्रोतामाझ स्थापित प्रकाश सपुत हाल सामाजिक विषयवस्तुमा आधारित सिर्जनाका कारण विशेष चर्चा बटुलिरहेका छन्। उनका चर्चित गीतहरू ‘गलबन्दी’, ‘सकम्बरी’, ‘मेरो पनि हैन र यो देश’, ‘बोल माया’ लगायतले नेपाली सङ्गीत क्षेत्रमा फरक पहिचान बनाएका छन्।
रास्वपाले समाजका विभिन्न क्षेत्रका परिचित र प्रभावशाली व्यक्तिहरूलाई समानुपातिक सूचीमा समावेश गर्ने क्रममा सपुतलाई अघि सारेको हो।
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार












प्रतिक्रिया