काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका छोरा सचिन ढकाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक उम्मेदवार सूचीमा समावेश भएका छन्।

फुटबल चितवन क्लब (एफसी चितवन)का अध्यक्षसमेत रहेका ढकाल रास्वपाको समानुपातिकतर्फ खस आर्य समूहको दोस्रो नम्बरमा राखिएका छन्। उनी बालेन साहको सिफारिस (कोटा)बाट सूचीमा परेका हुन्।

सचिन ढकाल खेलकुद, पर्यटन, हस्पिटालिटी व्यवसाय तथा युवासम्बन्धी क्षेत्रमा सक्रिय रूपमा संलग्न रहँदै आएका छन्। पछिल्लो समय हस्पिटालिटी क्षेत्रमा उनको उपस्थिती बढ्दो देखिएको छ। उनको व्यवस्थापनमा ‘इला कम्फर्ट’ ब्रान्डका होटलहरू सञ्चालनमा रहेका छन्।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com