काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका प्रमुखमा श्रीकृष्ण बरालले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । आफ्नो नौ वटा एजेन्डा सहित स्वतन्त्र उम्मेदवारको घोषणा गरेका बरालले नगरपालिकाको बैज्ञानिक बिकासका लागि सबैभन्दा पहिला भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताए ।

गोकर्णेश्वरका जनताले साथ दिएको खण्डमा सबैभन्दा पहिले तत्कालीन गोकर्णेश्वरको स्थानिय सरकारले गरेकोे अनियमितताको छानबिन गर्ने घोषणा गरेका छन्। उनले भ्रस्टाचार नियन्त्रण, कृषि तथा उत्पादन, फोहोरमैला ब्यबस्थापन, अव्यवस्थित बजार ब्यबस्थापन, आन्तरिक पर्यटनको बिकास तथा संस्कृतिको रक्षा, नगरबासीको सुरक्षा, सुन्दरीजल खानेपानीको उचित ब्यबस्थापन, अखाद्य विषादी मदिराको उचित नियन्त्रण, आन्तरिक राजस्व तथा बैज्ञानिक कर प्रणाली एवं दिगो बिकासमा जोड दिएका छन्।

गोकर्णेश्वरको जनताको समस्या जस्ताको त्यस्तै रहेको भन्दै जनताको उक्त समस्याको समाधान गर्ने अठोटका साथ आफू गोकर्णेश्वर नगरपालिकाको मेयरमा स्वतन्त्र उमेद्वारी दिने घोषणा गरेको बताए ।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com