काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै बैठकमा पार्टी समायोजन प्रक्रिया तथा आगामी निर्वाचनसँग सम्बन्धित विषयमा छलफल भइरहेको बताएका छन्।

यो बैठक पार्टी सभापति रवि लामिछानेको जिम्मेवारीमा फर्किएपछि आयोजित पहिलो सचिवालय बैठक हो। लामिछाने पुस ४ गते रिहा भएका थिए। उच्च अदालत बुटवलको धरौटी आदेशअनुसार आवश्यक कागजी प्रक्रिया पूरा भएपछि उनी कारागारबाट छुटेका हुन्।

advertisement

सुरुमा उनी रुपन्देही कारागारमा राखिएका थिए, तर जेल सरुवा माग गरेपछि ललितपुरस्थित नख्खु कारागारमा ल्याइएको थियो। धरौटीको रुपमा २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बुझाएपछि उनी रिहा भएका हुन्।

प्रकाशित मिति: २० पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com