हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरिखेतमा सुमो दुर्घटना भएको छ।
दुर्घटनामा ९ जना घाइते भएका छन्। जसमध्ये ७ जना गम्भीर घाइते भएको बताइएको छ।
आइतबार साँझ साढे ५ बजे भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
थप विवरण आउन बाँकी ।
प्रकाशित मिति: २० पुस २०८२, आइतबार













प्रतिक्रिया