काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन अपरिहार्य भएको बताएका छन्। उनले महाधिवेशन प्रतिनिधिहरू थपिने प्रक्रिया जारी रहेको जानकारी दिएका छन्।
भृकुटीमण्डपमा विशेष महाधिवेशन स्थलमा पुगेका शर्माले जानकारी दिएअनुसार, विशेष महाधिवेशनको माग गर्दा ५४ प्रतिशत प्रतिनिधिहरूले समर्थन देखाएका थिए। त्यसमध्ये करिब २५ जनाले पछि हस्ताक्षर फिर्ता लिएका थिए।
उनले थपे, करिब ५ सय जना नयाँ महाधिवेशन प्रतिनिधि हाल जोडिन लागेका छन्, जसले विशेष महाधिवेशनलाई आवश्यकताअनुसार अघि बढाउन सहयोग गर्नेछ।
प्रकाशित मिति: २५ पुस २०८२, शुक्रबार












प्रतिक्रिया