धादिङ । गुण्डागर्दी र अपराधकर्ममा संलग्न रहेको आरोपमा प्रहरीको निगरानीमा रहँदै आएका ‘राधे’ भनिने राधाकृष्ण भण्डारी धादिङबेँसीबाट पक्राउ परेका छन् ।

तरुण दल धादिङका उपसभापतिसमेत रहेका गुण्डा नाइके राधेलाई धादिङको बीच बजारमा बुधबार दिउँसो भीम गुरुङमाथि तरबार हमला गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

राधे समूहले मंगलबार दिउँसो धादिङ्बेँसीको बीचबजारमा तरबारले गुरुङमाथि हमला गरेको हो । गुरुङ धादिङबेँसी सिरानबजारका बासिन्दा हुन् । घाइते गुरुङको जिल्ला अस्पतालमा उपचार हुँदैछ । गुरुङ पनि कांग्रेस समर्थक हुन् ।

यसअघि पनि राधेलाई प्रहरीले नक्कली नोट, लागुऔषध र हातहतियारसहित पटकपटक पक्राउ गरेको थियो । उनी राजनीतिक आडमा छुट्ने गरेका छन् । राधेले भीममाथि किन तरबार हाने भन्ने खुलेको छैन ।

 

प्रकाशित मिति: १ कार्तिक २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com