काठमाडौं ।  हाल पश्चिमी वायूको आंशिक प्रभाव कायम रहेको छ। साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

advertisement

कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ भने अन्य तराई क्षेत्रका केही स्थानहरूमा पनि हुस्सु देखिएको छ। आज दिउँसो तराईका अधिकांश स्थानहरूमा मध्याह्नसम्म हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ।

आजको मौसम पूर्वानुमानअनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ भने बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति पनि तराईका केही स्थानहरूमा हुस्सु लाग्ने सम्भावना रहेको छ भने देशका पहाडी तथा हिमाली भू–भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com