काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यसहित आचारसंहिता लागू गर्ने अन्तिम तयारी गरेको छ। आयोगका अनुसार आगामी माघ ३ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने तयारी पूरा भएको छ।

आयोगले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीसम्बन्धी हालसम्मको प्रगतिबारे प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएको छ।

advertisement

निर्वाचनलाई स्वच्छ बनाउन सरकारी तथा गैरसरकारी निकायले गर्न पाउने तथा नपाउने गतिविधि, राजनीतिक दल र सरोकारवालाहरूको भूमिका तथा दायित्वबारे आचारसंहितामा स्पष्ट व्यवस्था गरिएको आयोगले जनाएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शुक्रबार प्रधानमन्त्रीलाई निर्वाचनको तयारी, निर्वाचन सामग्रीको छपाइ, जनशक्ति व्यवस्थापनलगायत विषयमा विस्तृत जानकारी गराएका थिए।

आयोगले आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न सरकार र सम्बन्धित सरोकारवाला निकायहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबै पक्षको सहयोग अपरिहार्य रहेको जनाएको छ।

प्रकाशित मिति: २६ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com