गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले अस्वीकृत र इजाजत प्राप्त हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ। प्रशासनले माघ २० गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार बुझाउन भनिएको जानकारी दिए। उनले भने,
“नबुझाए कानुनी कारबाही हुन्छ। यही माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय वा नजिकैको प्रहरी इकाइमा हतियार बुझाउन भनिएको छ।”
प्रशासनको यो कदम निर्वाचनअघि सुरक्षा सुनिश्चित गर्न तथा अवैध हातहतियार नियन्त्रण गर्न उठाइएको पहलको हिस्सा हो।
प्रकाशित मिति: ८ माघ २०८२, बिहिबार













प्रतिक्रिया