सुर्खेत । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले रास्वपा भारतको प्रयोजनले स्थापित भएको दल भएको आरोप लगाएका छन्। शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरीय सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रममा उनले पुराना दलबाट देशको निकास सम्भव नभएको भन्दै मतदातालाई ती दललाई भोट नदिन आग्रह गरे।
साम्पाङले नयाँ दलहरूमाथि पनि प्रश्न उठाउँदै आफ्नो पार्टीसँग तुलना गर्नुपर्ने बताउनुभयो। उनले भने, “रास्वपाले स्वाधीनताको पक्षमा कहीँ बोलेको छैन, यो भारतको प्रयोजनमा बनेको पार्टी हो।” साथै, बालेन साह, रवि लामिछाने र कुलमान घिसिङलाई विभिन्न प्रश्न सोध्दा उनीहरूले जवाफ नदिएको जानकारी पनि साम्पाङले दिनुभयो।
‘जेनजी आन्दोलन’ का बेला तीन करोड जनतामध्ये आफूले मात्र देश सम्हाल्ने क्षमता देखाएको दाबी साम्पाङले गरे। उनले देशमा इमानदार नेतृत्वको आवश्यकता औँल्याउँदै स्पष्ट गरे कि देश निर्माणको भिजन श्रम संस्कृति पार्टीसँग मात्र रहेको छ र अन्य कुनै नेतासँग त्यो भिजन छैन।
प्रकाशित मिति: ९ माघ २०८२, शुक्रबार













प्रतिक्रिया