काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपात वा वर्षाको सम्भावना रहेको छ। तराईका केही स्थानमा भने मध्यान्हसम्म हुस्सु वा कुहिरो लाग्ने पूर्वानुमान गरिएको छ।
दिउँसो देशका हिमाली भू–भागमा आंशिक बदली रहने र अन्य क्षेत्रहरूमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
प्रकाशित मिति: १२ माघ २०८२, सोमबार













प्रतिक्रिया