काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह चुनावी अभियानका लागि मङ्गलबार धनगढी पुग्ने भएका छन्।
पार्टीको सङ्गठन सुदृढीकरण र चुनावी प्रचारप्रसारमा सहभागी हुन उनी सुदूरपश्चिम प्रदेश भ्रमणमा जाने जनाइएको छ। रास्वपा नेतृ जसुदेवी भट्टका अनुसार शाह मङ्गलबार बिहान नेपालगन्ज मार्ग हुँदै धनगढी पुग्नेछन्। धनगढीमा उनले स्थानीय नेता, कार्यकर्ता तथा पार्टीका शुभचिन्तकहरूसँग भेटघाट र छलफल गर्ने कार्यक्रम तय गरिएको छ।
शाह तीन दिनसम्म सुदूरपश्चिमका विभिन्न जिल्लाहरूमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका अनुसार अघि बढ्नेछन्। अछाम क्षेत्र नम्बर २ का उम्मेदवार भूपदेव शाहका अनुसार बालेन शाह पहाडी जिल्लाहरू हुँदै अछाम पुग्ने र त्यसपछि कर्णाली प्रदेशको राजधानी सुर्खेत प्रस्थान गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार













प्रतिक्रिया