काठमाडौं । माडी नगरपालिका वडा नम्बर १ का अशोक भट्टराई सोमबार दिउँसो गैँडाको आक्रमणमा गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा गएराति मृत्यु भएको छ, जसको जानकारी चितवनका प्रहरी प्रवक्ता डिएसपी रविन्द्र खनालले दिएका छन्।

सोही वडाका भानु बोट आइतबारदेखि बेपत्ता छन्। उनी पाण्डवनगर नजिकै घाँस काट्न जंगलमा गएका थिए। स्थानीयहरूले उनको कपडा जंगलमा फेला पारेपछि प्रहरी र निकुञ्जका सुरक्षाकर्मीहरू खोजीकार्यमा खटिएका छन्।

advertisement

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com