काठमाडौं । संसद पुनःस्थापनाको माग गर्दै काठमाडौंमा युवाहरुको प्रदर्शन भएको छ। असंवैधानिक रूपमा विघटन गरिएको प्रतिनिधिसभा कानूनी रुपमा पुनःस्थापना हुनुपर्ने माग गर्दै नागरिक युवा समाज नामक संस्थाका सदस्यहरूले मंगलबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

उनीहरूले सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनःस्थापनासँग सम्बन्धित मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा सुनिश्चित गर्न अदालतले चाँडै निर्णय दिनुपर्ने विश्वास व्यक्त गरे।

advertisement

युवाहरूको मुख्य माग संसदको शीघ्र पुनःस्थापना र कानूनी तवरबाट देशलाई विधिसम्मत सञ्चालन गर्ने वातावरण सुनिश्चित गर्नु रहेको थियो।

प्रदर्शनमा सहभागीहरूले “संविधान बचाउ”, “संसद फर्काउ”, “लुटिएको संसद फिर्ता गर”, “बिघठित संसद पुनःस्थापना गर” जस्ता नारा लेखिएका प्लेकार्डसहित जोरदार नारावाजी गरेका थिए।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com