काठमाडौं  सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको तथा गालीगलौज गरेको आरोपमा युवराज पौडेल (सफल) पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले मंगलबार उनलाई नियन्त्रणमा लिएको हो। परिसरका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार उनीविरुद्ध गालीगलौज तथा भ्रामक सूचना फैलाएको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।

advertisement

एसएसपी थापाले भने, “गालीगलौज र अफवाह फैलाएको आरोपमा पक्राउ गरिएको हो। म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।”

प्रहरीका अनुसार पौडेलले सामाजिक सञ्जालमार्फत महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गरी नकारात्मक टिप्पणी, अपशब्द प्रयोग, गालीगलौज तथा बेइज्जतीपूर्ण अभिव्यक्ति दिएको आरोप छ। साथै विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता गराइएको जस्ता आरोपसमेत सार्वजनिक रूपमा लगाएको जनाइएको छ।

उक्त विषयमा महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते कारबाहीका लागि पत्राचार गरेपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

आरोपसँग सम्बन्धित भिडियो सामग्रीसमेत उपलब्ध भएपछि प्रहरीले पौडेललाई पक्राउ गरेको हो। हाल काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान जारी राखिएको छ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com