काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ। विभागका महानिर्देशक गजेन्द्र ठाकुरले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको जानकारी दिए।
मन्त्रिपरिषद्ले माघ १४ गतेलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो। सोही निर्णयअनुसार यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय दिवस मनाउन लागिएको विभागले जनाएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया