काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुमगन अधिकृत तोकेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार, जिल्लास्तरमा आचारसंहिता प्रभावकारी रुपमा कार्यान्वयन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई तोकिएको छ। सहायक प्रमुख जिल्ला अधिकारीलाई आर्थिक विषयबाहेकका अन्य विषयको जिम्मेवारी दिइएको छ।
त्यसैगरी, प्रमुख कोष नियन्त्रक र कोष नियन्त्रकलाई आर्थिक विषयसँग सम्बन्धित कार्यको जिम्मेवारीसहित आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुने तय गरिएको छ। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र विश्वासनीय बनाउन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको हो। आचारसंहिता यही माघ ४ गतेदेखि कार्यान्वयनमा आएको छ।
प्रकाशित मिति: १४ माघ २०८२, बुधबार













प्रतिक्रिया