काठमाडौं । सिरहामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र डा. बाबुराम भट्टराई संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच चुनावी सहकार्य गर्ने सहमति भएको छ।
शुक्रबार सिरहा निर्वाचन क्षेत्र नम्बर–२ मा दुवै पार्टीबीच प्रतिनिधिसभा निर्वाचनका लागि सहकार्य गर्ने सहमति भएको हो। सो सहमतिअनुसार प्रलोपाले रास्वपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। यस क्षेत्रमा रास्वपाबाट शिव यादव प्रतिनिधिसभा उम्मेदवार रहेका छन्।
प्रलोपाका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज अरविन्द यादवले जनताको हित, सुशासन, लोकतान्त्रिक मूल्य–मान्यता र परिवर्तनमुखी राजनीतिक अभ्यासलाई मजबुत बनाउन रास्वपालाई समर्थन गरिएको बताए। उनले पार्टीको केन्द्रिय निर्णयभन्दा पनि स्थानीय नेता तथा कार्यकर्ताको भावना अनुसार सहकार्य गरिएको स्पष्ट पारे।
रास्वपाका उम्मेदवार शिव यादव र प्रलोपाका अरविन्द यादवले चुनावी सहकार्यसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ।

 

advertisement

प्रकाशित मिति: १६ माघ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com