काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह सुर्खेत पुगेका छन् ।

सुर्खेतमा आयोजना गरेको चुनावी कार्यक्रम तथा भेटघाट कार्यक्रममा पार्टीका वरिष्ठ नेता बालेनसहित केन्द्रीय तथा प्रदेश नेतृत्व सुर्खेत पुगेका हुन् ।

advertisement

नेता बालेनले रास्वपा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार टेकबहादुर सिंह ठकुरी, क्षेत्र नम्बर २ का उम्मेदवार रमेश सापकोटा तथा कर्णाली प्रदेश सभापति मदन खड्कालगायत नेताहरू भेटेका छन् ।

सुशासन, पारदर्शिता र जनउत्तरदायी व्यवस्थालाई पार्टीको मुख्य एजेन्डा बनाएर देश दौडाहामा छन् ।

रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै कर्णाली प्रदेशका विभिन्न जिल्लामा चुनावी अभियानलाई तीव्र बनाएको छ ।

पार्टीले जनतासँग प्रत्यक्ष संवाद, घरदैलो अभियान र सार्वजनिक कार्यक्रममार्फत मतदाताको विश्वास जित्ने प्रयास जारी राखेको छ।

उनी चुनाबी अभियानमा रहँदा उनको काठमाडौंस्थित घरमा चोरीको आशंकामा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । घरको गेटमा तोडफोड भएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

शुक्रबार राति अज्ञात समूहले घरको गेटको ग्रिल फुटाएको हो । बालेन भने घरमा छैनन् । उनी आज मात्र कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका छन् । हिजोसम्म उनी सुदूरपश्चिममा थिए ।

चोरले गेट फुटाएको हुनसक्ने प्रहरीले आशंका गरेको छ । घरमा को-को थिए ? के चोरी भयो या भएन भन्नेबारे बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ माघ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com