काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह बिहीबार उदयपुरमा समय बिताउने भएका छन्।
कार्यतालिकाअनुसार बिहान ८ बजे बेलका नगरपालिका कोशी पुलबाट यात्रा सुरु गरी रामपुर बजार, बेल्टार हुँदै गाईघाट पुग्ने कार्यक्रम रहेको छ।
त्यसपछि मातिगढा, देउरी, चुहाडे लगायतका स्थानमा जाने योजना छ।
यसपछि बालेन कटारी, हलेसी महादेव हुँदै केटुके हिमालसम्म पुग्ने तयारी गरिएको छ।
प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार













प्रतिक्रिया