काठमाडौ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले आगामी प्रतिनिधिसभा निर्वाचन–२०८२ का लागि काठमाडौं–५ बाट उम्मेदवारी दिएको घोषणा गर्दै जनतालाई सुझाव मागेका छन्। पोखरेल सोही क्षेत्रमा २०५६ सालदेखि नै राजनीतिक सक्रियताका साथ उम्मेदवार हुँदै आएका हुन् र गत निर्वाचनमा पराजित भएका थिए।

पोखरेलले भने, “नेपालको संविधान २०७२ लाई आवश्यक संशोधनसहित थप उपयोगी र सशक्त बनाउँदै समाजवादको आधार निर्माणतर्फ अघि बढाउने उद्देश्यसहित म आगामी निर्वाचनमा नेकपा (एमाले)को तर्फबाट काठमाडौं–५ बाट उम्मेदवार छु।”

advertisement

उहाँले सो क्षेत्रका जनता, विशेषगरी युवाहरूको सुनौलो र सुरक्षित भविष्यका लागि प्रतिबद्धता व्यक्त गर्दै भनेका छन् कि, “तपाईंका सृजनात्मक र उपयोगी सुझावले मेरो योजनालाई अझ फराकिलो र वस्तुनिष्ठ बनाउने भएकाले सुझावका लागि अनुरोध गर्दछु।”

प्रकाशित मिति: २२ माघ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com