धादिङ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनले चुनाव नजिते देश हार्ने भन्दै देशलाई जिताउन पनि सबै विगतका तितामिठा त्यागेर एक आपसमा मत दिन गठबन्धन आबद्ध दलका कार्यकर्तालाई निर्देशन दिएका छन्।

चुनावी अभियानका क्रममा निर्वाचन क्षेत्र गोरखा जाने क्रममा धादिङको सल्यानटारमा आयोजित गठबन्धनको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले वाम लोकतान्त्रिक गठबन्धनले नजिते देश विखण्डन गर्ने प्रतिगामी गठबन्धनले जित्ने खतरा रहेको बताए ।

प्रचण्डले भने– ‘यो निर्वाचन एउटा ब्याटल बनेको छ । गठबन्धन जित्दा देश जित्छ । अहिले दुई वटा गठबन्धन छन् । एउटा शान्ति प्रक्रियादेखि लोकतान्त्रिक गठबन्धन छ । अर्को गठबन्धनमा राजावादी, देश विखण्डन गर्ने अलगाववादी, अतिवादी र संविधानविरोधीहरु छन् । त्यसैले आग्रह पूर्वाग्रह छाडेर इतिहासको आवश्यकता अनुसार बनेको गठबन्धन जिताउनुपर्छ ।’

 

प्रकाशित मिति: ११ कार्तिक २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com