काठमाडौं  । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि देशभर मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ। निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ अनुसार स्वीकृत विशेष कार्यक्रमअन्तर्गत उक्त अभियान सञ्चालनमा ल्याइएको हो।

निर्वाचन प्रक्रियाबारे आम नागरिकलाई जानकारी गराउने तथा मताधिकारको महत्व बुझाउने उद्देश्यले आयोगले यो कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कार्यक्रम आजदेखि सुरु भई फागुन १७ गतेसम्म देशभरका ७५३ स्थानीय तहअन्तर्गत रहेका ६ हजार ७४३ वडामा सञ्चालन हुनेछ।

advertisement

कार्यक्रम प्रभावकारी बनाउन प्रत्येक वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिनेछ। ती स्वयंसेवकले मतदाताको बस्ती तथा घरदैलोमै पुगेर नमूना मतपत्रको प्रयोगमार्फत मतदान प्रक्रिया र यसको महत्वबारे जानकारी गराउनेछन्।

आयोगका अनुसार मतदाता शिक्षा कार्यक्रमले निर्वाचनमा मतदाताको सहभागिता बढाउन तथा बदर मतको संख्या घटाउन महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस अभियानलाई सफल बनाउन सातै प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, उम्मेदवार तथा सञ्चार क्षेत्रलगायत सबै सरोकारवालासँग सहयोग, समन्वय र सहजीकरणका लागि अनुरोध गरिएको आयोगका सहायक प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com