काठमाडौं। नेपाली सेनाले आइतबार आफ्नो स्थापनाको २६३औँ वार्षिक उत्सव मनाएको छ। सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल ले कवाज तथा सैनिक कला निरीक्षण गरे।
सैनिक मञ्चमा आयोजित सैनिक कला प्रदर्शनीमा सेनाका अधिकृत र जवानहरूले फ्रि–फल जम्प प्रदर्शन गरे। प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) विवेक विक्रम शाह प्रथम भएका थिए र उनलाई प्रधानसेनापति अशोक राज सिग्देल ले पुरस्कार प्रदान गरे।
फ्रि–फल जम्पमा दोस्रो स्थानमा रमेशकुमार चौधरी रहेका थिए र उनलाई पनि प्रधानसेनापतिले पुरस्कार दिए।
प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार













प्रतिक्रिया