काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी निर्वाचनपछि बलियो सरकार गठन गरी जनताका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सोमबार कालिका नगरपालिका–३मा आयोजित स्थानीयसँगको छलफल कार्यक्रममा उनले देशभर रास्वपाको पक्षमा सकारात्मक माहोल बनेको दाबी गर्दै आगामी चुनावपछि स्थिर र सक्षम सरकार निर्माण हुने बताए।
उनले अघिल्लो पटक सरकारमा रहँदा जनताका समस्या समाधान गर्न धेरै प्रयास गरे पनि विभिन्न कारणले पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको स्वीकार गरे। “पहिला चितवनमा सुरु गर्दा त्यस्तो माहोल थिएन, अहिले बलियो सरकार बन्ने आशा जागेको छ,उनले भने, सुकुम्बासी समस्याबारे म पहिलेदेखि नै जानकार छु। नेताहरूले मुखले होइन, काम गरेर देखाउनुपर्छ।
कार्यक्रममा स्थानीयवासीहरूले सुकुम्बासी समस्या समाधानका लागि पटक–पटक आश्वासन पाए पनि कार्यान्वयन नभएको गुनासो गरेका थिए। उनीहरूले अब वास्तविक समाधानको अपेक्षा रहेको बताउँदै लामिछानेको ध्यानाकर्षण गराएका थिए।
प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार













प्रतिक्रिया