काठमाडौंनेपाली कांग्रेस का उपसभापति विश्वप्रकाश शर्माले बदलेको कांग्रेसले अब देशको आसन, भाषण र शासन प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लमजुङ पुगेका उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर आसन जमाउने परम्परा भत्काएर पार्टीले नयाँ शैली अपनाएको बताए। उनले भने, “हामी १/२/३/४ को नीति संविधानमा अंकित गर्नेछौँ। अब उप्रान्त कोही पनि प्रधानमन्त्री वा मुख्यमन्त्री दुई पटक भन्दा बढी रहन पाउने छैनन्।”

advertisement

शर्माले चुनावी अभियानमा कसैलाई गाली नगर्न पनि आग्रह गरे। उनका शब्दमा, “गाली होइन, प्रेम सम्प्रेषण गरौँ। स्वस्थ आलोचना स्वाभाविक हुन्छ, तर आपसलाई गाली गरेर राजनीतिलाई स्वस्थ बनाउन सकिँदैन। चुनाव जित्ने नाममा जे पनि आश्वासन दिएर समाजमा भोलि निराशा जगाउने कार्य हाम्रा भाषण र घोषणा पत्रमार्फत नगरौँ।”

उनले देशको शासनमा आवश्यक सुधार गर्न जेनजी विद्रोहको भावना अनुसार आफूहरू बदलिएर आएको र त्यसैअनुरूप नयाँ नीति र दृष्टिकोण अपनाइएको स्पष्ट पारे।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com