काठमाडौं । झापा निर्वाचन क्षेत्र नं ५ मा रास्वपा नेतासहित विभिन्न दलमा आवद्ध युवाहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।

advertisement

सोमबार निर्वाचन क्षेत्र अन्तर्गतको दमक नगरपालिकाका विभिन्न वडा र टोलमा मतदातासँगको भेटघाटका लागि पुगेका ओलीले दमक फनपार्कमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का क्षेत्रीय प्रतिनिधी परिषद सदस्य भरत खनालसहित विभिन्न युवाहरुलाई एमालेमा स्वागत गरेका हुन् ।

एमाले प्रवेश गर्ने युवाहरुले नेपालको राष्ट्रियता, विकास र सुशासनका लागि एमाले बाहेक अरु विकल्प नभएको बताएका छन् ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का उम्मेद्वार समेत रहेका एमाले अध्यक्ष ओली दोश्रो चरणको मतदाता भेटघाटका क्रममा दमक नगरपालिका भित्रका विभिन्न कार्यक्रमहरुमा सहभागी भएका छन् ।

प्रकाशित मिति: ४ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com