काठमाडौँ । काठमाडौंको बागबजारमा आफ्नै घरको पाँचौँ तलाबाट खसेर एक बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौँ तलाको झ्यालबाट खसेर दुई वर्षीया बालिकाको मृत्यु भएको हो ।

झ्यालबाट खसेर घाइते भएकी दुई वर्षीया रियासा महर्जनको उपचारका क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

उपचारका क्रममा सोमबार बिहान करिब पौने १ बजे रियासाको मृत्यु भएको काठमाडौं प्रहरी कार्यालयका एसपी दिनेश मैनालीले बताए । उक्त घटनाबारे प्रहरी वृत्त कमलपोखरीबाट अनुसन्धान भइरहेको मैनालीले बताए ।

 

प्रकाशित मिति: १४ कार्तिक २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com