काठमाडौं । भोजपुर नगरपालिका–३, सेतीबगर क्षेत्रमा बुधबार नेपाली सेना सवार बस दुर्घटनामा परेको छ।

टेम्केमैयुङ गाउँपालिकामा २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि बेस क्याम्प स्थापना गर्न हिँडेको बस सडकबाट करिब २०० मिटर तल खसेको हो। दुर्घटनामा परेकामध्ये २४ जना घाइते भएका छन्।

advertisement

घाइतेमध्ये ८ जनालाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ। अन्य घाइतेहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रहरीले दुर्घटना स्थलमा सुरक्षा र राहत कार्य सुरु गरेको जनाएको छ। बसमा नेपाली सेनाका जवानहरू सवार रहेका थिए।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com