काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज आफ्नो वाचापत्र सार्वजनिक गर्ने तयारी गरेको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्वसन्ध्यामा रास्वपाले आज सुर्खेतमा आयोजना हुने चुनावी सभाबाट वाचापत्र सार्वजनिक गर्ने भएको हो।
सुर्खेतको घण्टाघर चोकमा मध्यान्ह १२ बजे सुरु हुने ‘परिवर्तन उद्घोष सभा’ लाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले सम्बोधन गर्नेछन्।
प्रकाशित मिति: ७ फाल्गुन २०८२, बिहिबार













प्रतिक्रिया