काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह अस्वस्थ भएपछि बिहीबार बेलुकी सुर्खेतबाट जहाजमार्फत काठमाडौं फर्किएका छन्। रास्वपाका नेताहरूले उनको स्वास्थ्यमा समस्या देखिएपछि फर्किएको पुष्टि गरे पनि के समस्या भएको हो भन्ने खुलाएका छैनन्।

उनको अस्वस्थताका कारण शुक्रबार दाङको कार्यक्रममा सहभागी हुने–नहुने निश्चित नभएको बताइएको छ। यदि दाङ जान नसके पनि भैरहवाको कार्यक्रममा भने सहभागी हुने सम्भावना रहेको नेताहरूले बताएका छन्।

advertisement

दाङको घोराहीमा शुक्रबार लुम्बिनी प्रदेशस्तरीय निर्वाचन लक्षित कार्यक्रम आयोजना गरिएको छ, जहाँ पार्टी सभापति रवि लामिछानेसँगै बालेनले सम्बोधन गर्ने कार्यक्रम थियो। बालेन पहिलो पटक दाङ आउने खबरपछि उनलाई स्वागत गर्न सर्वसाधारण विभिन्न स्थानमा भेला भएका थिए, तर उनी काठमाडौं फर्किएको खबर पाएपछि निराश भएका थिए।

यसअघि बिहीबार सुर्खेतमा आयोजित कार्यक्रममा रास्वपाले १०० बुँदे वाचापत्र सार्वजनिक गरेको थियो, जसमा बालेनको पनि सहभागिता थियो। साथै, तुलसीपुरको वीरेन्द्र चोकमा भेला भएका कार्यकर्ताले केपी शर्मा ओलीविरुद्ध नाराबाजी समेत गरेका थिए।

प्रकाशित मिति: ८ फाल्गुन २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com