काठमाडौं । रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न विवाद उग्र बन्दै गएपछि केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ।

गृहमन्त्रालयमा जारी बैठकमा गौरमा उत्पन्न तनावबारे छलफल भइरहेको छ । घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बोलाइएको थियो ।

advertisement

गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायि क दंगामा परिणत भएको थियो ।

स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ । सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित मिति: ९ फाल्गुन २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com