काठमाडौं । नेकपा एमालेकी निवर्तमान सांसद स्मरणा थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेकी छन्।

सिरहाको गोलबजारमा सोमबार आयोजित कार्यक्रममा रास्वपाका सह–प्रवक्ता प्रतिभा रावलले थपलियाको पार्टी प्रवेशको जानकारी दिएका थिए। यस अवसरमा उनीसहित अन्य एमालेका नेता तथा कार्यकर्ताहरू पनि रास्वपा प्रवेश गरेको रास्वपाले दाबी गरेको छ।

advertisement

रास्वपाका नेता तथा समानुपातिक उम्मेदवार पुरुषोत्तम यादवले सबै नयाँ प्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित मिति: ११ फाल्गुन २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com