काठमाडौं – फरक राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध पुर्‍याए दुई लाख रुपैयाँ जरिवाना हुने भएको छ।

सङ्घीय कानुनअनुसार, निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट रोक लगाउने, अवरोध पुर्‍याउने, वा यस्तो काम गराउन लगाउने व्यक्ति दुई लाख रुपैयाँ जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय भोग्न सक्ने छन्। निर्वाचन आयोगले यसबारे जानकारी दिएको छ।

advertisement

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारहरूको प्रचारप्रसार विभिन्न माध्यमबाट अनुगमन गर्दै आएको छ। केही राजनीतिक दल, उम्मेदवार, दलका कार्यकर्ता वा सामान्य नागरिकले अरूको प्रचारप्रसारमा अवरोध गरेको उजुरी र गुनासो आयोगमा परेको छ।

त्यसैगरी, सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी प्राप्त भएकोमा आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

राजनीतिक दल, उम्मेदवार, दलको भातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचारसंहिता जारी भइसकेको छ। आचारसंहिताअनुसार, दल, उम्मेदवार वा उनीहरूको भातृ सङ्गठनले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा कुनै अवरोध पुर्‍याउन पाइँदैन।

निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने, प्रचारप्रसार गर्ने वा मतदान गर्ने अधिकारबाट कसैलाई बञ्चित गर्न वा रोक लगाउन अवरोध पुर्‍याउन पाइँदैन।

निर्वाचन आयोगले सबै राजनीतिक दल, उम्मेदवार, आम नागरिक र सरोकारवाला पक्षलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन सहकार्य गर्न अनुरोध गरेको छ।

सम्बन्धित सबै सरोकारवाला आयोगले भनेका अनुसार निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध नगर्न र नगर्न लगाउन आग्रह गरिएको छ।

प्रकाशित मिति: १३ फाल्गुन २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com