काठमाडौं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम लुम्बिनी प्रदेश निर्वाचन कार्यालय, दाङले यस वर्ष डिजिटल प्रविधिमार्फत सार्वजनिक गर्ने तयारी गरेको छ ।
विगतमा माइक तथा स्पिकरमार्फत मतपरिणाम घोषणा गरिँदै आएको भए पनि यसपटक डिस्प्ले बोर्ड र वेबसाइटमार्फत परिणाम सार्वजनिक गरिने प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । उनका अनुसार यस व्यवस्थाले मतपरिणाम एकद्वार प्रणालीबाट सार्वजनिक हुने भएकाले थप व्यवस्थित र विश्वसनीय हुने अपेक्षा गरिएको छ ।
कति चरण (लट) मा परिणाम सार्वजनिक गर्ने भन्ने विषयमा निर्णय गरी सोहीअनुसार दाङका तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गरिने तयारी गरिएको छ । साथै, लुम्बिनी प्रदेशका अन्य जिल्लाहरूमा पनि यस्तो प्रणाली लागू गर्ने योजना रहेको भए पनि सुरुमा दाङमै यसको अभ्यास गरिने सूचना अधिकारी कुँवरले बताए ।
प्रकाशित मिति: १६ फाल्गुन २०८२, शनिबार













प्रतिक्रिया