काठमाडौं । नेपाली कांग्रेसले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ६ वटा चुनावी सभा आयोजना गर्ने भएको छ। ती सभाहरूमा पार्टी सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र प्रवक्ता देवराज चालिसेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
दिउँसो १ बजे काठमाडौं क्षेत्र नम्बर १० अन्तर्गत कीर्तिपुरमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्नेछन्। उक्त क्षेत्रमा कांग्रेसले जिल्ला सदस्य हिमाल कार्कीलाई उम्मेदवार बनाएको छ।
त्यसैगरी दिउँसो २ बजे भक्तपुरको ठिमीमा हुने चुनावी सभामा उपसभापति शर्माले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेसको निर्वाचन प्रचारप्रसार समितिले जनाएको छ। भक्तपुर क्षेत्र नम्बर २ मा कांग्रेसबाट पत्रकार कबिर राणा उम्मेदवार रहेका छन्।
काठमाडौं क्षेत्र नम्बर २ अन्तर्गत पेप्सीकोला टाउनप्लानिङमा हुने अर्को चुनावी सभालाई पनि उपसभापति शर्माले सम्बोधन गर्नेछन्। उक्त क्षेत्रमा कांग्रेसका तर्फबाट कबिर शर्मा उम्मेदवार छन्।
दिउँसो ३ बजे काठमाडौं क्षेत्र नम्बर ७ को बालाजुमा हुने चुनावी सभामा सभापति थापा र प्रवक्ता चालिसेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। सो क्षेत्रमा प्रमोदहरि गुरागाईं कांग्रेसका उम्मेदवार रहेका छन्।
त्यस्तै दिउँसो ४ बजे काठमाडौं क्षेत्र नम्बर ४ को बालुवाखानीमा हुने चुनावी सभामा सभापति थापाले सम्बोधन गर्ने तालिका रहेको छ। उक्त क्षेत्रमा कांग्रेसबाट सचिन तिमल्सेना उम्मेदवार छन्।
प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार












प्रतिक्रिया