काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्याप्रति गहिरो दुःख व्यक्त गर्दै इरानी सरकार र जनताप्रति समवेदना प्रकट गरेका छन्।

रुसी सरकारी समाचार एजेन्सी ‘तास’का अनुसार राष्ट्रपति पुटिनले खामेनीको हत्या अत्यन्त निन्दनीय र अस्वीकार्य घटना भएको बताएका छन्।

advertisement

उनले उक्त घटनाले मानवीय मूल्य, नैतिकता तथा अन्तर्राष्ट्रिय कानुनका आधारभूत सिद्धान्तहरूको गम्भीर उल्लंघन गरेको उल्लेख गर्दै यसको कडा शब्दमा भर्त्सना गरेका छन्।

मध्यपूर्व क्षेत्रमा अमेरिका र इजरायलको सैन्य हस्तक्षेपलाई लिएर रुसले यसअघि नै असन्तुष्टि व्यक्त गर्दै आएको सन्दर्भमा पुटिनको यो कडा प्रतिक्रिया सार्वजनिक भएको हो।

प्रकाशित मिति: १७ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com