एजेन्सी ।  इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलका तीन सैन्य स्थलमा आक्रमण गरेको दाबी गरेको छ । उसले यो कारबाही लेबनानका दर्जनौँ सहर र बस्तीलाई लक्षित इजरायली आक्रमणको प्रत्युत्तर भएको जनाएको छ ।

टेलिग्राममा छुट्टाछुट्टै तीन पोस्ट गर्दै हिज्बुल्लाहले  गोलान हाइट्सस्थित नाफाह सैन्य आधारमा ठुलो मिसाइल वर्षा गरेको दाबी गरेको छ । साथै,उत्तरी इजरायलका मेरोन र रमत डेविड हवाई अड्डामा ड्रोन आक्रमण गरिएको पनि जनाएको छ ।

advertisement

यी आक्रमणबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com