काठमाडौं । आज सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मतदान भएको अनुमान गरिएको छ। निर्वाचन आयोग ले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जनाएको छ।
मतदानपछि आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले विस्तृत विवरण सङ्कलन भइरहेको बताए। उनका अनुसार केही मतदान केन्द्रमा मतदान जारी रहे पनि अधिकांश स्थानमा प्रक्रिया सकिएको छ।
उनले छिटपुट घटनाबाहेक देशभर मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जानकारी दिए। मतपेटिका सङ्कलन भएलगत्तै मतगणना सुरु गरिने आयोगले जनाएको छ।
आयोगका अनुसार दुर्गम क्षेत्रका १५ जिल्लाका ६१ स्थानबाट हेलिकप्टरमार्फत मतपेटिका सङ्कलन गरिने तयारी गरिएको छ।
प्रकाशित मिति: २१ फाल्गुन २०८२, बिहिबार











प्रतिक्रिया