सुनसरी । सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर संघीय संसदको चुनावी मैदानमा उत्रिएका साम्पाङले ३५ हजार ७४१ मत प्राप्त गर्दै विजयी भएका हुन्।

उनले निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ८ हजार ४९२ मतान्तरले पछि पार्दै जित हासिल गरे। तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छन्। यस निर्वाचन क्षेत्रमा साम्पाङसहित २८ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए।

advertisement

यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि गोमा तामाङले प्रतिस्पर्धा गरेकी थिइन्। त्यसबेला उनले १६ हजार ६०६ मत प्राप्त गरे पनि जनता समाजवादी पार्टीका उम्मेदवार अशोककुमार राईसँग ४५३ मतको झिनो अन्तरले पराजित भएकी थिइन्।

 

प्रकाशित मिति: २४ फाल्गुन २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com