बैतडी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माण सकिएपछि सुदूरपश्चिमको कायापलट हुने बताएका छन् । बैतडीको पाटनमा लोकतान्त्रिक-वाम गठबन्धनले बुधबार आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस सभापति रहेका देउवाले पश्चिम सेती निर्माणको काम अगाडि बढिसकेको बताए ।

उनले भने, ‘भारतीय कम्पनीसँग सम्झौता गरेर पश्चिम सेती परियोजनाको काम अघि बढेको छ । यो निर्माण सम्पन्न भएपछि सुदूरपश्चिममा कायापलट हुनेछ । किनभने पश्चिम सेतीको आम्दानी सुदूरपश्चिमको हुन्छ ।’

यस्तै प्रधानमन्त्री देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको काम पनि अघि बढ्ने बताए । यो कामकोालागि भारतीय प्रधानमन्त्रीसमेत इच्छुक रहेको उनले बताए ।

यस्तै उनले बैतडीको पुर्चौंडी बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगीक क्याम्पस बनाइने पनि बताए ।

प्रकाशित मिति: २४ कार्तिक २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com